Home Blog Page 8

शिक्षक आन्दोलन २२औं दिनपनी जारी, कक्षा १२ को परीक्षा मिति सर्यो

0

संजय गुप्ता//वीरगञ्ज, वैशाख १०//

शिक्षकहरुको आन्दोलन आज बुधबार २२औं दिन  पनि जारी छ । बैशाखको ट्न्ट्लापुर घाममा छाता ओढेर भएपनी शिक्षकहरुले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

यता आन्दोलित शिक्षकहरूको असहयोगका कारण भोलि बैशाख ११ गते देखि हुने भनिएको कक्षा १२ को परीक्षाको मिति अगामी २१ गते देखि सञ्चालन गर्ने भनी परीक्षा बोर्डले जनाएको छ । यश सङ्गै शिक्षकहरुलाई तह लगाएर बलपूर्वक परीक्षा सञ्चालन गर्ने सरकारको मनसायमाथी पानी फेरिएको छ । सरकारले शिक्षकहरुको मागलाई सम्बोधन गरेर सन्तुष्टिका साथ कक्षाकोठा फर्काउनुपर्नेमा त्यसो नगरी प्रतिसोधको भावनाले प्रेरित भएको जस्तो व्यवहार गर्दै जबरजस्ती आन्दोलन तुहाउने प्रयास गरेको शिक्षकहरुको गुनासो रहेको छ ।

अझै पनि सरकारले शिक्षकहरुलाई कक्षाकोठामा फर्काउने उचित वातावरण सृजना नगरे कक्षा १२ को परीक्षा फेरिपनी निर्धारित समयमा हुन नसक्ने देखिएको छ ।

गत चैत २० गतेदेखि काठमाडौ केन्दृत सडक आन्दोलनमा रहेका शिक्षकहरुको समस्या समाधानका लागि सरकार अझै गम्भीर नभएको शिक्षक महासङ्घले आरोप लगाएको छ ।

प्रहरी चौकी मुसहर्वा द्वारा महिला हिंसा विरुद्धको कार्यक्रम

0

मनोज गुप्ता // वीरगञ्ज, वैशाख ०७//

प्रहरी चौकी मुसहर्वाले आज आईतवार महिला हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी चौकी मुसहर्वा बाराका प्रहरी सहायक निरीक्षक रामजन्म प्रसाद यादवको अगुवाइमा  सामुदायिक प्रहरी साझेदारी महिला हिंसा विरुद्ध को कार्यक्रम आज बाराको विश्रामपुर गाउँपालिका -५ बलिरामपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, महिला अधिकारकर्मी, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

बुटवलमा महिलामाथी गोलि प्रहार

0

मनोज गुप्ता// वीरगञ्ज, वैशाख ०६//

बुटवलको बुद्धनगरमा आज शनिबार विहान एक महिलामाथि गोली प्रहार भएको छ ।

 बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा २९ वर्षीय टिका बिष्टमाथि गोली प्रहार भएको हो ।

पाल्पा रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्दै आएकी बिष्टको कम्मर माथी गोलि लागि गम्भिर घाईते अवस्थामा प्रादेशिक अस्पताल लुम्बिनिमा उपचार भैरहेको बुटवल प्रहरीले जनाएको छ ।

गोली किन र कसले हानेको भन्नेबारे खुलेको नभए पनि घट्नाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष माथी गोलि प्रहार

0

संजय गुप्ता// वीरगञ्ज, वैशाख ५//

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराती गोलि प्रहार भएको छ।

मायादेवी गाउँपालिका -१, पकडी टोल निवासि चौधरीलाई शौच गरेर आईरहेको अवस्थामा आफ्नै निवासमा गोलि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

विद्युतिय लाईन कटेर अँध्यारो भएको मौकाको फाईदा उठाउदै उनमाथी गोलि प्रहार गरिएको हो ।

गोलि लागि घाइते चौधरी खतरामुक्त रहेको तथा घट्नाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हिन्दु यूवाहरु द्वारा आज साझ पर्सा प्रहरीको विरोध, ठाउँ ठाउँमा दोहोरो झडप, ३ जना सञ्चारकर्मी घाइते

0

वीरगञ्ज, वैशाख ०२//

वीरगञ्जमा आज मङ्गलवार साझ हिन्दू यूवाहरुले पर्सा प्रहरिको विरोधमा प्रदर्शन गरेका छन् ।

गत शनिबार महावीर जयन्तिको अवसरमा निकालिएको र्यालिक क्रममा भएको घट्नामा सलग्न रहेको भन्दै पर्सा प्रहरीले पक्राउ गरेको हिन्दु यूवाहरुको विनाशर्त रिहाईको माग गर्दै प्रहरीको विरोधमा प्रदर्शन भएको हो ।

आज साझको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेपश्चात स्थिति तनावग्रस्त भै ठाउँ ठाउँमा झडप समेत भएको छ ।

झडपको समाचार संकलन गर्न् गएका ए भि न्यूजका सम्वाददाता अर्जुन गुप्ता, अनिल ओझा र दिपु वर्णवाल गरि ३ जना सन्चारकर्मिहरु घाइते  भएका छन् ।

शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र प्रभावित, सरकारको अव्यवहारिक शर्तका कारण वार्तामा नगएको महासङ्घको स्पष्टोक्ति

0

वीरगञ्ज, वैशाख ०२//

 मन्त्रालयले केही शिर्षकहरु देखाएर आन्दोलन स्थगित गरेमा मात्र मन्त्रिपरिषद्‌मा लैजान्छौं भनेर शर्त अघि सारेकोले वार्तामा नगएको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयद्वारा तयार पारिएको खाकाले शिक्षकको माग सम्बोधन नहुने देखिएकोले पनि वार्तामा नबसेको महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छन् ।

 

गत चैत २० गतेदेखि काठमाडौ केन्दृत सडक आन्दोलनमा रहेका शिक्षकहरुको समस्या समाधानका लागि चैत ३१ गते शिक्षक महासंघ र शिक्षा मन्त्रालयको टोलबीच संवादको वातावरण मिलाइएको थियो । तर महासंघबाट शिक्षा मन्त्रालय जाने टोलीको नाम गेटमा टिपाइए पनि महासंघको टोली त्यस दिनको संवादमा सहभागी भएन ।

 संवादमा नबस्नुको कारण खुलादै महासंघले ‘उपलब्धि नहुने ठाउँमा बसेर समय खेर फाल्नुको औचित्य नरहेको बताएको छ । आन्दोलन रोकेमा मन्त्रिपरिषद्‌मा लैजान्छौं भनेर मन्त्रालयका प्रतिनिधिहरु बाट आएको अडान व्यवहारिक नरहेकोे समेत महासङ्घका पदाधिकारीहरुले बताएका छन् ।

सरकारले पहिले नै आन्दोलन रोक्ने शर्त सन्कास्पद रहेकोे र यश प्रकारको प्रस्तुतिले सरकारमाथी विश्वास गर्न नसकिने आन्दोलनरत आम शिक्षकहरुले बताएका छन् ।

 

चट्याङ्ग लागेर बारामा लाखौंको क्षति

0

वीरगञ्ज, चैत २८//

चट्याङ लागेर बाराको दुई छुट्टाछुट्टै ठाँउमा गरि लाखौंको क्षती भएको छ ।

हिजो राती मेघ गर्जन सहित भएको वर्षा सङ्गै चट्याङ्ग लाग्दा विद्युतको सर्टसर्किट भएर बारागढी-४ सुखी टोल स्थित विश्वकर्मा पोल्ट्री फर्ममा आगो लाग्दा ५० लाख बराबरको क्षती भएको फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माले बताएका छन् ।

आगलागिबाट करिब २हजार तयारी कुखुरा, दाना तथा फर्म सञ्चालन भएको घर लगायतको भौतिक संरचना पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षती भएको सञ्चालकले बताएका छन् ।

त्यस्तै चट्याङ्ग लागेर बाराको करैयामाई गाउँपालि-८, नरही निवासी अविनास  कुश्वाहाको मकै खेतमा जडान गरिएको कृषि मिटर, मोटर तथा टहरामा समेत क्षती पुर्याएको छ ।

तराईमा मेघगर्जन सहितको पानी पर्दा कृषकहरुलाई सास्ती

0

वीरगञ्ज, चैत २८//

गएराती देखि अचानक आएको मेघ गर्जन सहितको वर्षाका कारण मध्यतराईका कृषकहरु मर्कामा परेका छन् ।

गहुँ बाली भित्र्याउन बेलामा आएको यो वर्षाले मध्यतराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा हजारौं किसानहरुको गहुँबाली भित्र्याउन समस्या भएको छ भने धेरै ठाउँमा गहुँबालिमा समेत नराम्रो असर पारेको छ ।

भित्र्याउनै लागिएको गहुँबालि पानी परेपछि काण्ड नरम भएर काट्न नसकिने अवस्थामा पुगेको छ भने पानी परेर खेतमा पानी लागि गहुँ काट्ने मेसिन कम्पाईन छिर्न अप्ठ्यारो भैरहेको पिडित कृषकहरुले बताएका छन् ।

बहुदरमाईका साह अफिम सहित पक्राउ

0

वीरगञ्ज, चैत २७//

२ किलो ९९ ग्राम लागू औषध अफिम सहित १ जना पुरूष लाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका- ६ गम्हरिया निवासी  ३२ वर्षिय सरोज प्रसाद साह रहेका छन् ।
विशेष सूचनाको आधारमा आज बुधबार बिहान ०७:४० बजे ईलाका प्रहरी कार्यालय अमलेखगंज बाट प्रहरि बरिष्ट नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा हेटौंडाबाट वीरगंज तर्फ आउदै गरेका साहले चलाई रहेको प्र.२-०३-००९ प ३८७८ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको अवस्थामा सो परिमाणमा लागू औषध अफिम जस्तो पदार्थ वरामद गरेको हो ।

बरामद गरिएको अफिम सहित मोटरसाइकल र चालक साह लाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

सखुवा प्रसौनी-४, को वडा कार्यालयमा तोडफोड र चोरि

0

वीरगञ्ज, चैत २७//

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ को कारयालयमा तोडफोड र चोरी भएको छ ।

हिजो मङ्गलवार रातीको समयमा ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयको ताला फोडेर भित्र गई कार्यालयमा राखिएको टेबल, कुर्सी, पंखा, दराज लगायतका समानहरु तोडफोड गरेका छ्न । चोरहरुको समूहले कार्यालयबाट महत्त्वपूर्ण कागजात, लेटरप्याड, छाप एवम कार्यालयमा प्रयोग गर्न राखिएको ल्यापटप समेत चोरी गरि लगेको वडाध्यक्ष आरिफ अन्सारीले बताएका छन् ।

तोडफोड बाट १२ वटा कुर्सी र ३ वटा दराज पूर्ण रूपमा नष्ट भएका छन् । यता घट्ना बारे गाउँपालिका अध्यक्ष जसवन्त यादव सङ्ग बुझ्दा पछिल्लो केही दिन देखि एकजना गैर नेपाली नागरिकलाई नागरिकताको सिफारिस गर्न सम्बन्धित वडाध्यक्ष अन्सारीलाई दबाब आएको र सो सिफारिस नगरेको रिसवी साध्नका लागि यस्तो गरिएको हुनसक्ने आशन्का व्यक्त गरेका छन् । साथै ती व्यक्तिहरुमाथी कानूनी कारवाहिका लागि पनि प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष यादवले बताएका छन् ।